October 18, 2021

Nepal 1st Online News

बाहुनको छोरा र इन्डोनेशियाकि केटीको प्रेम विवाह,अहिले नेपालमा ल्याएर बि चल्ली बनाए (भिडियो हेर्नुस्)

मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।कम्पनीमा काम गर्दागर्दै दुवै जनाको माया बसेपछि उनीहरुले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरापनि विदेश मै जन्मिएको हो र छोरा ६ वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् ।

अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि चल्ली बनाएर छोडेका छन् ।घरमा खानेकुरा समेत नभएको र आफ्नो बि चल्ली भएको उनी बताउछिन् ।श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्यसैले आफ्नो गुजार गर्दै आएको बताइन् ।

निर्मलले पहिले सेकुरेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरेको र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् ।उनले एउटा सानो घर पनि बनाएकी छिन् ।

यसरी एक नेपाली केटाले विदेशी नागरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दुखको कुरा रहेको छ ।आफ्नो देश र भाषा सबै त्यागेर निर्मलको सरणमा आएकी यी चेलीको यस्तो बिजोग देख्दा निकै दुख लागेको छ र निर्मललाई जसरी पनि सम्पर्कमा ल्याउन उनले अपिल पनि गरेकी छिन् ।भिडियो हेर्नुस् :-

Copyright © All rights reserved. | Newsphere by AF themes.