विङ्गर गाडीले मोटरसाइकलाई ठ,क्कर दिँदा मोटरसाइकल चालक सुरेशको मृ,त्यु

अषोज ३, २०७८ आइतबार 103

विङ्गर गाडीले मोटरसाइकलाई ठ,क्कर दिँदा मोटरसाइकल चालक सुरेशको मृ,त्यु

पूर्वपश्चिम राजमार्ग सिरहाको जिरोमाइलमा शनिबार विङ्गर गाडीले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।जिरोमाइल बजारबाट पश्चिमतर्फ जाँदै गरेको ना१ज ७४१७ नंको विङ्गरले प्र२–००३–०१४प ८४३५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा धनगढीमाई नगरपालिका कशहा निवासी २४ वर्षीय सुरेश महतो भनिने अ,मृत महतोको घ,टनास्थलमै मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

बाटोमा ओभरटेक गर्ने क्रममा विङ्गरले मोटरसाइकल लाई ठक्कर दिँदा दु,र्घटना भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । दु,र्घटनापश्चात विङ्गर इलाका प्रहरी कार्यालय धनगढीमा राखिएको र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्