एमाले भेलाबाट बादलको प्रश्न: मदन आश्रितको ह,त्या किन भयो ?

अषोज १, २०७८ शुक्रबार 252

एमाले भेलाबाट बादलको प्रश्न: मदन आश्रितको ह,त्या किन भयो ?

 नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो भनेर प्रश्न गरेका छन् ।बिहीबार नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए ।

‘मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’ उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे ।

उनले हालै एमालेबाट छुट्टिएको माधव नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा दिदै एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफुहरुको विजय निश्चित भएको बताए ।उनले समाजवादी र क्रान्तिकारी धारको एमालेले नेतृत्व गरिरहेकाले सबै नेता कार्यकर्ताले आत्मसात गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी गरे ।

प्रतिकृया दिनुहोस्