October 19, 2021

Nepal 1st Online News

चीनसँग खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याइँदै छ । शुक्रबार दिउँसो २ बजे खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि बिहीबार राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको बताए ।

पोखरेलका अनुसार सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुने भएकाले एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएकोले ४४ लाख डोज ल्याउन सकिने भएको हो । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.