भाद्र ३१, २०७८ बिहिबार 54

बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको ब,हाव ब,ढ्दा भेरी नदी उर्लिएको छ ।दिउँसो झण्डै साढे २ बजेतिरको समय । वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन् ।
नदीको एक किनारमा श,व जलाउने ठाउँ छ । त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हा,म फा,लेको बताइन् ।
उनले भनिन,‘नदी किनारामा उनका केही कागज र कपडा छन् ।
प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’प्रहरीका अनुसार अहिले प्रहरी घ,टनास्थलमा पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला न,दीमा बे,पत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए ।
प्रतिकृया दिनुहोस्