October 27, 2021

Nepal 1st Online News

जन्मिए लगत्तै बच्चाले डाक्टरको मास्क तानेको तस्विर भाइरल !

काठमाडौं । हामी सबैलाई थाहा छ कि,यो महामारीको समयमा मास्क कति धेरै आवश्यक छ । डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ ।यसैबीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा ।

तर बच्चाले भने जन्मिए लगत्तै डाक्टरको मास्क तानेका छन् ।यो तस्विर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । डाक्टरले इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामी सबै चाहान्छौँ कि, अब छिटै नै मास्क खोलौँ ।’

यो फोटो यूएईका एक डाक्टरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् ।फोटोलाई लिएर अनेकौँले आफ्नो विचार राखिरहेका छन् । कसैले अब अति भयो मास्क खोलौ भनिएको हो भनेका छन् । कसैले अब कोरोना भाइरसको महामारी अन्त्य हुन्दैछ भन्ने संकेत हो भनेका छन् । तपाइलाई के लाग्छ कमेण्टमा आफ्नो विचार राख्नुहोला । एजेन्सीको सहयोगमा

Copyright © All rights reserved. | Newsphere by AF themes.