दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

भाद्र २०, २०७८ आइतबार 78

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ ।अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

पछिल्लो पटक काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स प्राप्त गर्नका लागि सञ्चालन गरिने परीक्षा हुन पाएको छैन। त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो।अहिले लगभग छ लाख जनाले लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिने प्रक्रियामै रहेको भुसालले जानकारी दिए।

“छ लाख पुरानै ‘ब्याक लग’ छ। अब अहिले खोल्यो भने फेरि अर्को छ लाखजति आवेदन आउँछ,” उनले भने।नेपालमा १६ वर्षभन्दा माथिका नागरिकले सवारी लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था छ। देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ।

प्रतिकृया दिनुहोस्