October 19, 2021

Nepal 1st Online News

नेपाल विद्युत प्राधिकरणमा ठूलो मात्रामा कर्मचारी चाहियो,इच्छुक हुनेले आबेदन भर्न सक्नुहुनेछ । (सूचना हेर्नुस्)

बेरोजगार र शिक्षित युवायुवतीहरुका लागि जागिरको अवसर खुलेको छ । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

इच्छुक ब्यक्तिहरुले नेपाल विद्युत प्राधिकरणको वेवसाइटमा गएर फाराम भर्न सक्ने सूचनामा जनाइएको छ । आवश्यक शैक्षिक योग्यता र पदको बारेमा सूचनामा विस्तृत विवरण दिइएको छ । परिक्षाको किसीम लिखित र अन्तरवार्ता दुवै हुनेछ । परिक्षा दस्तुर पनि बझाउनुपर्नेछ ।

यो अर्को समाचार, आगामी चुनावसम्मै गठबन्धन कायम राख्ने सहमति गरेका सत्ता साझेदार दलबीच गडबड सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० अनुमोदन गर्ने प्रस्ताव र चीनसँगको सीमा विवादबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय गरेपछि गठबन्धनमा खटपट देखिएको हो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीको समर्थन छ। उनी असार २९ प्रधानमन्त्री बनेका थिए।तर, उनी प्रधानमन्त्री भएको ५२ दिनमै गठबन्धनमअसन्तुष्टि देखिन थालेको हो। अहिलेसम्म सरकारले पूर्णता समेत पाउन सकेको छैन। अहिले कांग्रेसबाट ४ र माओवादी केन्द्रबाट २ जना मात्र सरकारमा छन्। यद्यपि यी विषयले अहिले नै विवादको स्वरुप भने लिइनसकेको नेताहरुले बताएका छन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.