October 27, 2021

Nepal 1st Online News

मलेसियाका नाइट क्लबमा नेपाली युवती- ‘अब त बानी परेँ, ४/५ भयो पैसा राम्रै कमाउछु

1 min read

हरेक नागरिक-लाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडिरहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवनलाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवा-युवती। सबैभन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ।

मलेसिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली-लाग्दो छ। त्यसमा पनि नेपाली युवतीको कहानी झनै दर्दनाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती। यी तीनै शब्‍द एक्कासि छुट्टा-छुट्टै सुन्दा आम-मानिसको दिमागमा विछट्टै पीडा-दायी चित्र बन्छ। तर मलेसियाको डान्सबार रोज्‍नु उनीहरुको बाध्यता हो। नेपालको राजनीतिक, हुने-खानेहरुको रजगजमा रमाएका केही थान मानिस-भन्दा पर बस्‍ने नेपाली हुन् मलेसिया पलायन हुने।

यस्तै र यस्तै कयौं समस्यालाई पार लगाउन विभिन्‍न बाटो हुँदै मलेसियाका डान्सबारमा पुगेका नेपाली युवतीको बिडम्वना पूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ। मलेसियाको राजधानी क्‍वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्‍न उज्यालो अनि त्यही उज्यालो भित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्र तिर लाग्यौं। जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्‍ने सूचना हामीलाई थियो।

म एक गाँस भात निलेर सुत्‍ने बेलामा क्‍वालाम्पुरको कोलाहल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्सभित्रे छिरें। आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। केही थान सुन्दरी स्टेजमा सुडोल नि-तम्ब र पोटिला छाती ह-ल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइ रहेका थिए, इशारा गरिरहेका थिए। चुरोटको धुवाँ, म-दिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने वि-षालु आँखाहरु।

Copyright © All rights reserved. | Newsphere by AF themes.