October 18, 2021

Nepal 1st Online News

विद्यालय खोल्ने हतारो जोखिम बढाउने कदम: स्वास्थ्य मन्त्रालय

कोभिड महामारीकैबीच विद्यालय खोल्ने क्रम बढेको छ । संक्रमण दर कम हुँदै गएको र सिकाइको वैकल्पिक माध्यम प्रभावकारी नभएको भन्दै स्थानीय तहले धमाधम विद्यालय खुलाउन थालेका हुन् । प्रशासन समेत लचिलो हुँदा स्वास्थ्य मन्त्रालयले भने बालबालिकामा संक्रमण दर बढ्दो क्रममा रहेकाले विद्यालय खोल्ने हतारोलाई जोखिम बढाउने कदम भनेको छ । 

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको निर्णय अनुसार आरुबारीस्थित अरुणोदय माध्यमिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन थालेको छ । एक हजार विद्यार्थी अध्ययनरत विद्यालयले बुधबारदेखि पठनपाठन थालेको हो । उसले शिक्षक विद्यार्थीलाई मास्क अनिवार्य गर्नुका साथै साबुनपानीले हात धुने व्यवस्था गरेको छ ।

तर कक्षा कोठामा सामाजिक दूरीको नियम पालना हुन सकेको छैन । विद्यार्थी डेढ वर्षपछि विद्यालयमा उपस्थित भएका हुन् । लामो समयपछि विद्यालयमा उपस्थित भएर पढ्न पाउँदा विद्यार्थी खुशी त छन्, तर उनीहरुमा कोभिड सर्ने डर पनि छ । 

Copyright © All rights reserved. | Newsphere by AF themes.