उडिरहेको विमानमा एक अर्को सिटका युवा युवती सम्माहालिन नसकेपछि जे भयो….

भाद्र १७, २०७८ बिहिबार 104

उडिरहेको विमानमा एक अर्को सिटका युवा युवती सम्माहालिन नसकेपछि जे भयो….

काठमाडौं । उडिरहेको विमानभित्र एक जोडीले सम्माहालिन नसकेपछि अन्य यात्रुहरु हेरेको हेर्यै भएका छन् । पाकिस्तानको कराचीबाट इस्लामाबाद जाँदै गरेको उडानमा त्यस्तो दृश्य देखिएको होविमान परिचालिकाले भनेको कुरा नमानेपछि उडानका क्रममा उनीहरुलाई कम्बलले छोप्नु परेको थियो । पाकिस्तानी सञ्चारमाध्यममा आएको खबर अनुसार घटना कराचीबाट इस्लामाबादको उडानमा भएको थियो ।

२० मेमा उडानका क्रममा एक जोडीको प्रेम अचानक बढेर जाँदा अन्य यात्रुहरु लजाउनुपर्ने स्थित सिर्जना भएको हो । चौथो पङ्तीमा बसेका उनीहरुले अन्य यात्रुहरूलाई असजिलो बनाएका थिए । यात्रुहरूले चालक दलमा यसको गुनासो गरेका थिए । त्यसपछि एक विमान परिचालिकाले सार्वजनिक ठाउँमा संयमता राख्न अनुरोध गरिन् ।

तर उक्त जोडीले विमान परिचालिकाको कुरा मानेनन् । पुनः आफ्नो कामलाई निरन्तर जारी राखे । त्यसपछि उनीहरुलाई कम्बल दिइएको थियो । अन्य यात्रुले नदेखुन भनेर उनले कम्बल ओढाइदिएकी थिइन् । एयरब्लू कम्पनीको पीए–२०० उडानमा यो घटना घटेको थियो ।पाकिस्तानको चर्चित अखबार ट्रिब्यूनले रिपोर्ट गरे अनुसार उडानमा केही यात्रीहरूले उक्त जोडीलाई सार्वजनिक शिष्टाचार पालना गर्न भनेका थिए ।

जवाफमा उनीहरुले, ‘हामीलाई जे पनि भन्ने तिमीहरु को हौं ?’ भनेका थिए ।त्यस समयमा उनीहरुको ठिक पछाडिको सीटमा बसेका अधिवक्ता बिलाल फारुख अलवीले एयरब्लू (विमान कम्पनि) का कर्मचारीले त्यो जोडीविरुद्ध केहि कारबाही नगरेको गुनासो गरेका छन् । यस घटनालाई अब पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्