October 27, 2021

Nepal 1st Online News

म फेरि असाधारण बहुमत लिएर मुल ढोकाबाट प्रवेश गर्नेछु : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा सरकार परिवर्तन हुनु सामान्य भएपनि अहिले अलोकतान्त्रिक ढंगबाट सरकार परिवर्तन भएको दाबी गरेका छन्।मंगलबार प्रतिनिधिसभालाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले अलोकतान्त्रिक ढ्रंगले सरकार परिवर्तन भएकै कारण सत्ता गठबन्धनका नेता हौसिएको टिप्पणी गरे। ‘अपरिर्वन ढंगले सरकार परिवर्तन भएकै कारण सत्ता गठबन्धनका मित्रहरु हौसिनु भएको छ,’ ओलीले भने, ‘दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो देखियो।

सरकार गठन भएको एक महिनासम्म बधाइ र धन्यवाद चलेको छ। सरकारले केही पनि नगरेको पनि होइन। सरकारले सुबुम्बासी आयोग र भूमिहीन आयोग बन्द गरेर भूमिहीनको घाँटी सेर्ने काम पनि गरेको छ।’उनले आफू ग्रहदशा राम्रो भएर प्रधानमन्त्री नभएको उल्लेख गर्दै ओलीले आफूलाई जनताले मत दिएर प्रधानमन्त्री बनाएको अदालतको परामादेशका कारण प्रधानमन्त्रीबाट हट्नु परेको बताए।

‘म फेरि असाधारण बहुमतबाट फेरि पनि मुलढोकाबाट प्रवेश गर्छु। मलाइ राम्रो गह्र दशाले प्रधानमन्त्री बनाएको होइन। मलाइ नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो,’ उनले भने। उनले आफू समृद्ध नेपाल, सुखी नेपालको यात्रामा हिँडेको हुनाले आफूमाथि भएको प्रहारको कुनै अर्थ नरहेको बताए।

उनले आफू आफ्नो उद्देश्यमा केन्द्रित रहेको बताए। ‘मैले नेतृत्वको गरेको पार्टीका प्रमुख योजना, लक्ष्य र नीति कार्यक्रमहरु त्यसै अनुरुप तय गर्दै त्यही अनुसारको प्रयास र व्यवहार मेरो नेतृत्वको सरकारले गरेको हो,’ उनले भने, ‘म ती उद्देश्य प्राप्त गर्नका लागि उदार मन र फराक भावनाका अगाडि बढेको छु।’

Copyright © All rights reserved. | Newsphere by AF themes.