October 18, 2021

Nepal 1st Online News

काम लगाइदिए बापत एक रात उस्ले मेरो शरिर माग्यो !

काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो ।

उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो । सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।

बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।

अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो । बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन ।

बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो । रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ । उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो ।

ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।

भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई । रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।

उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हेयो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.