October 18, 2021

Nepal 1st Online News

कञ्चनपुरमा दिनदहाडै महिलाले पसलबाट कपडा चोरेर लगेपछि…

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको एक पसलमा दिनदहाडै कपडा चोरी भएको छ। आइतबार भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको लुक्स फेशनवेयर पसलबाट ‘डमी’मा लगाइएको कपडा चोरी भएको हो।

दिउँसो १२ बजेर ३० मिनेटमा पसलबाट ३ हजार बराबरको कपडा चोरी भएको पसल सञ्चालक कैलाश चन्दले बताए। पसलमा आएकी महिलाले कपडा चोरी गरेर लगेको भिडियो सिसीटिभी फुटेजमा कैद भएको उनले बताए।

ती महिलाले अनुहार नदेखिने गरी पहिरन लगाएको सञ्चालक चन्दले बताए। उनले चोर पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए। सिसीटिभी फुटेजका आधारमा ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

Copyright © All rights reserved. | Newsphere by AF themes.