October 18, 2021

Nepal 1st Online News

पाँच पटकको अप्रेशनले विदेशको कमाई सकिएपछी, भिख माग्दै २५ वर्षिय युवा।

काठमाडौं । सुनसरीका २५ वर्षीय राजु सरदार, जो यतिबेला आफ्नो उपचार खर्च जुटाउन लागिपरेका छन् । खर्च जुटाउन उनी सकिनसकी दैनिक पशुपतिनाथ मन्दिर परिसरमा झोला थापेर पैसा माग्न उभिने गर्छन् । उनको चार पटक आन्द्राको र एक पटक घाँटीको गरी पाँच पटक अप्रेशन भइसकेको छ। उनका अनुसार अझ एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ । जसको लागि उनी बिहानको समयमा करिब ४ घण्टा जति पशुपतिनाथ परिसरमा पैसा माग्ने काम गर्छन् ।थियो।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अशक्त राजु भन्छन्, ‘आन्द्रा चार ठाउँमा काटेको छ र एक पटक घाँटीको अप्रेशन गरेर पाँच पटक अप्रेशन भइसक्यो । अझै एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ ।’ बसेर माग्न नसक्ने भएकाले उनी उभिएर झोला थापेको बताउँछन् । अप्रेशन गरेको ठाउँ खुल्ला राखेकाले उनको पेट र घाँटीमा भएको अप्रेशनका दागहरु जो कोहीले प्रष्टै देख्न सक्छन् । उनको पेटमा पाइप लगाइएको छ, जसबाट सिरिन्जमार्फत खाना खाने गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘मैले अझसम्म खाना खान सकेको छैन । अलिअलि यहिँबाट (पेटमा राखेको पाइपलाई देखाउँदै) सिरिन्जले हाल्छु र झोलकुरा अलिअलि मुखबाट पनि पिउछु । मुखबाट त पिउन पनि धेरै गाह्रो हुन्छ, सक्दै सक्दिन धेरै दुख्छ । घाँटीमा एकपटक अप्रेशन गरेको, घाउ भएकाले फेरि एक पटक गर्नुपर्छ।’उनका अनुसार उनको आन्द्रा सुकेकाले चार पटक आन्द्राको र घाँटीमा घाउ भएकाले एक पटक घाँटीको अप्रेशन गरेको हो ।थियो।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

र, घाँटीमा घाउ निको नभएकाले फेरि घाँटीको एक पटक अप्रेशन गर्नुपर्ने छ।त्यसरी माग्न थालेको केही समय मात्र भएको बताउँदै उनी भन्छन्, ‘अहिले म यहाँ(पशुपति परिसरमा) माग्न आएको २३ दिन भयो । म त्यति माग्न पनि सक्दिन । बिहान मात्रै २/४ घण्टा बस्छु अनि गइहाल्छु, सक्दिन नि । अस्तिको अन्तिम सोमबार यहाँ भीड थियो, तर म उभिनै नसकेर कोठामा गए । अलिकति धक्का लाग्यो भने त म पुक्लुक्कै जान्छु । त्यही भएर म भाग्न पनि त्यति सक्दिन।’

उनले सुरुमा बिरामी हुँदा आफ्नो उपचार विराटनगरस्थित अस्पतालमा गरेका रहेछन् । त्यहाँ उपचार हुन नसकेपछि उनी काठमाडौंको विर अस्पताल आएका रहेछन् । उनी भन्छन्, ‘विराटनगरबाट उपचार नभएपछि यहाँ विर अस्पतालमा उपचार गर्न पठाइदिएको हो।’कसरी बिरामी भएको ?, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘म बिरामी भएको ९ महिना पुग्यो । सुरु सुरुमा खाना खाएपछि भित्रभित्र पोल्थ्यो, त्यस्तो गर्दैगर्दै पछि आन्द्रा सुकेछ ।

त्यसपछि अप्रेशन गर्नु परेको हो।’बिरामी भएपछि उनले विराटनगरस्थित अस्पतालमा मात्रै करिब ६ लाख रुपैयाँ खर्च भएको बताए । त्यति खर्च गरेर पनि ठिक नभएपछि उनी विर अस्पताल आएका रहेछन् । उनी भन्छन्, ‘विराटनगरमा मात्रै ५/६ लाख खर्च भयो । त्यहाँ आइसीयूमा राखेको थियो।’**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.