आजै मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका कान्छा भाइ घरमै मृ,त अबस्थामा भेटिए

भाद्र १०, २०७८ बिहिबार 97

आजै मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका कान्छा भाइ घरमै मृ,त अबस्थामा भेटिए

काठमाडौं । प्रदेश–१ को मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई आज (बिहीबार) विहान मृत फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो ।उनलाई मु,ध,मेह, उच्च र,क्तचाप र डि,प्रेशनको पुरानै समस्या रहेको बताइएको छ । बिहान १०ः३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो । घ,टनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घ,टनाको अनुसन्धान थालेको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

भाइ मृत भेटिएको बारेमा मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यलाई जानकारी भइसकेको छ। प्रहरीका अनुसार अनुसार मृत भेटिएका राम आचार्यको शव घरमै छ। अहिले प्रहरी त्यहाँ पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। आचार्यहरू पाँच भाइ हुन्। सरकारी कर्मचारी जेठा भाइको यसअघि नै निधन भइसकेको छ। अर्का भाइको सुनसरीकै तरहरामा मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

उनलाई प्रदेश–१ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ । उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए । बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।काठमाडौंमा रहेका प्रदेश–१ मुख्यमन्त्री शेरधन राई, आचार्य, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरु आउन ढिला हुँदा बैठक सुरु हुन सकेको एमाले प्रदेश–१ का सांसद राजकुमार ओझाले जानकारी दिए । सबै जना भेला भइसकेपछि बैठक सुरु हुने उनको भनाइ छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्