October 18, 2021

Nepal 1st Online News

आज हत्तै घट्यो सुनको मूल्य हेर्नुस् कतिमा हुदैछ कारोबार

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा एक हजार रुपैँयाले घटेको हो ।

महासंघका अनुसार आज एक हजारले घटेपछि छापावाल सुन प्रतितोला ८९ हजार रुपैँयामा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन आज प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको ।

आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ थियो । यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य पनि २५ रूपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.