October 26, 2021

Nepal 1st Online News

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ । अझ पछिल्लो महामारीको कारण सरकारी निकायमा सेवाग्राहीहरु कमै जानाले कर्मचारीहरु सुस्त भएका छन् ।

नेपालमा एक पटक यस्तो सर्वेक्षण भने भएको थियो । उक्त २०७५ सालमा गरिएको सर्भेक्षण पछि केन्द्रले सरकारलाई प्रतिवेदन बुझाएपनि भ्रष्टाचारमा कमी आएको अन्य कुनै सर्भेक्षण भएको वा प्रतिवेदन आएको भने छैन ।
उक्त समयमा अन्य जिल्लाको तुलनामा सिरहामा व्यापक भ्रष्टाचार बढेको केन्द्रले दावी गरेको थियो । उक्त बर्ष सतर्कता केन्द्रले सिरहा, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा चितवन र बैतडीलाई नमुना छनोट गरी सर्वेक्षण गरेको थियो ।
जसमा सिरहामा सबैभन्दा धेरै ६१ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिँदा घुस दिनुपरेको बताएका थिए । यस्तै अर्घाखाँचीमा १२ , ओखलढुंगामा ८ र बाग्लुङमा ५ प्रतिशत सेवाग्राहीले सरकारी कर्मचारीलाई घुस दिएर मात्रै काम गरेको बताएका थिए ।

आज देखि तीन दिन देशभर भारि वर्षा हुने!!!अझै केही दिन मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।उहाँका अनुसार आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।“न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको भए पनि बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण अझै मनसुन सक्रिय भएको हो,” मौसमविद् श्रेष्ठले भन्नुभयो ।

विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्््न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

Copyright © All rights reserved. | Newsphere by AF themes.