October 26, 2021

Nepal 1st Online News

सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्ने सक्ने गरी सीसी क्यामेरा राखियोस् : खिमलाल देवकोटा

1 min read

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राख्न माग गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै डा. देवकोटाले संघीयदेखि स्थानीय तहसम्मका हरेक सरकारी निकायबाट हुने कामकारबाही र गतिविधि जनताले थाहा पाउने गरी सीसीक्यामेरा राख्न सरकारलाई सुझाव दिएका हुन् ।strong>** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शासनसत्ता फेरिए पनि जनताले अपेक्षा गरे अनुसार सेवा प्रवाह फेरिन नसकेको बताउँदै उनले भनेका छन्, ‘यत्रो शासन व्यवस्था परिवर्तन भयो । तर, जनताले अपेक्षा गरेअनुसारको सेवा पाएनन् भन्ने ठूलो गुनासो छ,’ उनले भने । सेवा प्रवाहमा सुधारका लागि राज्यका हरेक अंग निरन्तर क्रियाशील र रचनात्मक हुनुपर्ने उनले बताएका छन् । पारदर्शी र जवाफदेहिता पनि त्यत्तिकै आवश्यक रहेको उनको भनाइ छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **