October 26, 2021

Nepal 1st Online News

भुक्तानीको विषयमा बिबाद, गाउँपालिका अध्यक्ष र लेखापाल बीच मु’क्का हा’नाहान https://lifenepali.com/114/

तेह्रथुमको आठराई गाउँपालिकामा गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र लेखापाल सुजन थापाबीच आइतबार दिउँसो मु’क्का हा’नाहान भएको छ ।गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/०७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापा बीच भ’नाभन चुलिएपछि मु’क्का हा’नहान सम्मको स्थिती भएको बताइएको छ ।

गाउँपालिकाको कार्यालय परिसरमा भनाभन हुदै गर्दा सुरुमा कस्ले हात हा’लेको भन्ने खुलेको छैन ।अध्यक्ष र लेखापालबीच भ’नाभन हुँदैगर्दा हात हा’लाहालको स्थिती भएको गाउँपालिकाका एक कर्मचारीले बताएका छन् । मु’क्का हा’नाहान सकिएपछि अध्यक्ष र लेखापालले छुट्टाछुट्टै निवेदन ईलाका प्रहरी कार्यालय सं’क्रान्तिबजारमा दिएका छन् ।

दुवैजनाको प्रहरीमा परेको निवेदनमा एकले अर्कोलाई आरोप लगाएको बताइएको छ ।अध्यक्षको निवेदनमा लेखापालले आफुमाथि हा’तपात गरेको र लेखापालको निवेदनमा अध्यक्षले आफुमाथि हा’तपात गरेको उल्लेख भएको निवेदन प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए ।

दुवै निवेदनमाथी सोमबार प्रहरीले छलफल गर्ने भएको छ । गाउँपालिकामा अध्यक्ष र लेखापाल बीचको वि’वाद बढ्दै गएपछि गाउँपालिकाको काम प्रभावित बन्दै गएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को करिव २०० योजनाहरुको भुक्तानी हालसम्म गरेको छैन ।

Copyright © All rights reserved. | Newsphere by AF themes.