यी बेहुला बेहुलीलाई आखिर किन लियो प्रहरीले नियन्त्रणमा ?

साउन २५, २०७८ सोमबार 48

यी बेहुला बेहुलीलाई आखिर किन लियो प्रहरीले नियन्त्रणमा ?

रोल्पा । रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र रोल्पाकै त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय याम कुमारी बिकको जोडी लाई बिहे घर बाट माइती तर्फ जादै गर्दा रोल्पाको होलेरी बजार बाट ईलाका प्रहरी कार्यालय होलेरिको प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सडकमा हिड्दै गरेको बिहेको गाडीलाई शंका लागेपछि रोकेर सोधपुछ गर्दा बालबिबाह भन्ने थाहा पाएपछि उनिहरुलाइ नियन्त्रणमा लिएको निरीक्षक खड्काले जानकारी दिए । दुलाह राजु बिक रुन्टिगढि गाउँपालिका स्थित सुर्योदय माबी मसिनामा कक्षा १२ मा अध्यनरत र दुलही याम कुमारी बिक सोही गाउँपालिकाको नेपाल रास्ट्रय माबी दुब्रीङमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले बताएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्