October 27, 2021

Nepal 1st Online News

चीनबाट नेपाली उद्धार गर्दा १३ करोड खर्च, प्रतिव्यक्ति ७ लाख १० हजार

२०७६ साल फागुनमा चीनमा रहेका नेपालीको उद्दार गर्दा १३ करोड २८ लाख ४७ रुपैयाँ खर्च भएको पाइएको छ । महालेखाको ५८ औं प्रतिवेदनले चीनबाट १८७ जना नेपालीको उद्दार गर्दा मात्रै १३ करोडभन्दा बढी खर्च भएको देखाएको हो ।सरकारले चीनमा रहेका नेपालीको सम्पूर्ण खर्च आँफैले व्यहोर्ने गरी उद्दार गरेको थियो ।

१८७ जना नेपालीलाई हवाई उडानमार्फत उद्दार गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार रुपैयाँ तिरेको थियो ।उद्दार गरेर ल्याएपछि नेपाल विद्युत प्राधिकरणको खरिपाटी स्थित तालिम केन्द्रमा क्वारेन्टीन निर्माण, क्वारेन्टिनलाई चाहिने आवश्यक सामाग्री खरिदका लागि ७ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च भित्र टुथ ब्रस, हिटरड्रायर, स्याम्पु, डायरी, क्वारेन्टीन बेड खरिद लगायतका सामाग्री पनि समेटिएका छन् ।

यस्तै नेपाली सेनाले फागुन ११ देखि २० गतेसम्म १७ दिनका लागि खाना बापत ५५ लाख र विभिन्न औषधि खरिद बापत ६६ लाख ७१ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । यी सबै खर्च जोड्दा १८७ जनाको उद्दार गर्दा कुल १३ करोड २८ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ ।उक्त उद्दार रकम प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ पर्न आएको र यो धेरै महँगो भएको महालेखाको ठहर छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.