अब विमानस्थलमा दा’ग लागेका कर्मचारीलाई नराख्ने : मन्त्री भट्टराई

1 min read

काठमाडौँ।  त्रिभुवन विमानस्थलमा अनुशासन पालना नगर्ने कर्मचारीलाई का’रबाही गर्न सम्बन्धित निकायलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले निर्देशन दिएका छन् ।पर्यटनमन्त्री भट्टराईले काम गर्ने थलोमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरूको तस्बिर स्वयंले सङ्कलन गरेको उल्लेख गर्दै त्यस्ता कर्मचारीमाथि का’रबा’ही गर्न विमानस्थलको नेतृत्वलाई क’डा निर्देशन दिएका हुन्छ ।पर्यटनमन्त्री भट्टराईले कर्मचारीहरूलाई कार्यालयमा मोबाइल फोनमा समेत संवाद नगर्न स’चेत गराए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायको छानबिनमा रहेका सो विमानस्थलका कर्मचारीलाई तत्काल निकाल्ने चे’तावनी पनि दिएका छन् आइतबार काठमाडौँमा आयोजित ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले कुनै पनि दा’ग लागेका कर्मचारीलाई विमानस्थलमा नराख्ने प्र’स्ट पारे ।पर्यटनमन्त्री भट्टराईले विमानस्थललाई व्यवस्थित गर्न सि’सी क्यामेरा थ’प्ने योजना बनाएको सुनाउँदै प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास प्रकट गरेका छन् ।

Facebook Comments
error: Content is protected !!