फ्रिजबाट क*रेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको नि*धन

1 min read

धनुषामा फ्रिजमा लागेको करेन्टवाट श्रीमान श्रीमती सहित तीन जनाको ज्या*न गएको छ । एक होटेलमा राखिएको फ्रिजमा क*रेन्ट लागेको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा लागेको क*रेन्टले तीन जनाको ज्या*न गयो । करेन्ट लागेर होटल सञ्चालक र उनकी श्रीमती सहित तीन जनाको ज्या*न गएको प्रहरीले जनाएको छ ।होटल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदारको ज्या*न गरेको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । राती भएको घटना छिमेकीले विहान मात्र थाहा पाएका थिए । विहान अवेर सम्म होटल नखुलेपछि छिमेकी गएर हेर्दा तीनै जनालाई मृ त फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहानै होटल सञ्चालक महतोकी आमा सहित छिमेकीले ढोका खोल्दा तीन जनालाई मृ त देखेपछि प्रहरीलाई खबर गरेका हुन् । आमाले अन्य स्थानियलाई गुहारेर सहयोग मागेकी थिइन् ।इलाका प्रहरी कार्यालय ढल्केबर र जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । घटनास्थल प्रकृति मुचुल्का उठाई तीनै जनाको श वलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!