इटहरी उपमहानगरमा फ्री वाइफाई

1 min read

इटहरी उपमहानगरपालिकाले सहरका विभिन्न ठाँउमा फ्री वाइफाई सेवा उपलब्ध गराएको छ। सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्नका लागि सूचना प्रविधिमैत्री उपमहानगर वनाउन फ्री वाइफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जानकारी दिएको हो। उपमहानगरका सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वर्ल्डलिंकसँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर, रेयुकाई चौतारी इटहरी मेनचोक, इटहरी बसपार्क, बुढिगंगा मुक्तिघाट, लक्ष्मीनारायण मन्दिर पचरुखी चोक, वडा नम्बर–२० को वडा कार्यालय परिसर तरहरा वजार र तालतलैया पार्कमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराएको हो। इटहरीका अन्य ठाँउमा विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिए। फ्री वाइफाई सेवा उपलब्ध भएपछि सर्वसाधारण तथा यात्रुहरु लाभान्वित भएका छन्।

Facebook Comments
error: Content is protected !!