पूर्वमाओवादीले उठायो भ्रष्टाचारको कुरा, पूर्वएमालेहरूलाई तनाव, प्रचण्डले कदापि नछाड्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट खरिद भएको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको बताएका छन् । आइतबार प्रकाशित एउटा राष्ट्रिय दैनिक पत्रिकासँगको अन्तर्वार्तामा दाहालले स्वास्थ्य सामग्री खरिद प्रकरणमा छानविन गर्नुपर्ने बताएका हुन् । ‘कोरोना रोकथामको काम गर्ने विषयमा कतिपय काम अपुग भए भनेर गुनासो आयो’, उनले भने, ‘पार्टी सचिवालय बैठकमा पनि यसबारे छलफल भयो ।

सम्बन्धित नेताहरूसँग पनि कुराकानी भयो। खरिदसम्बन्धी प्रक्रिया खारेज भयो ।’ ‘यसमा प्रधानमन्त्रीले मलाई सबै कुराको जानकारी भएन, दिइएन, म गम्भीर छानबिनमै छु, कारबाही गरिन्छ भनिसकेपछि अहिले पार्टीका नेताले उचाल्नुपर्ने विषय होइन किनभने प्रधानमन्त्रीले आफू नै यसमा गम्भीर भएको, अनियमितता भएको चर्चामा ध्यानाकर्षण भएको भनिसकेपछि भरोसाका साथ तथ्य आउँछ भन्ने विश्वास लिएका छौं’, दाहालले भनेका छन् । ‘यो अनावश्यक रूपले उचाल्ने विषय होइन, अनुसन्धानको विषय हो’, दाहालले भनेका छन्,

‘प्रधानमन्त्रीले जोसुकै होस्, म छाड्दिनँ भन्नुभएको छ । हामीले अनुसन्धान प्रक्रिया अघि जाओस् भनेर आशा गर्ने कुरा छँदैछ ।’ ‘पहिलो कुरा, नेपाली सेनाले आफू सक्रिय भएर कुनै राजनीति गर्छ भन्ने बिल्कुलै लाग्दैन’, उनले भने, ‘त्यो अफवाह मात्र हो ।’‘नेपाली सेनाको समग्र इतिहास हेर्दा यो संवैधानिक ढंगले राज्य संयन्त्रको नीति, नियम र अनुशासनभन्दा बाहिर गएको छैन। अध्यक्ष दाहालले भनेका छन् । ‘त्यसैले नेपाली सेनालाई आवश्यक ढंगले फेरि सक्रिय हुन खोजेको भनेर प्रचार गर्नु उचित छैन।

उनले भने, ‘दोस्रो कुरा, कुनै पनि संकटका बेला चाहे त्यो भूकम्पको बेला होस् वा बाढीपहिरो, ठूलो आगजनी, हावाहुरी र आँधीबेहरीमा नेपाल सरकारले संविधान, कानुनअनुसार नै सेनालाई परिचालन गर्ने र सहयोग लिने गरेको छ । त्यस अर्थमा पनि यो महामारीमा सेनालाई परिचालन गर्ने कुरामा हामीले अन्यथा सोच्नु ठीक होइन। उनले भने, ‘जहाँसम्म सार्वजनिक खरिद सम्बन्धमा अहिले प्रश्न उठ्यो, एकातिर एउटा प्राइभेट कम्पनीसँग गरिएको सम्झौता रद्द हुने, अनि सरकारले नै गरे हुने त्यही कामचाहिँ सेनालाई किन ? त्यहाँ एउटा ‘ग्रे एरिया’ बनेको हो ।’

‘त्यसबारेमा हामीले पनि छलफल ग¥यौं । तर सरकारका तर्फबाट के जवाफ आयो भने खासगरी चीनले नेपाली सेनालाई सहयोग गर्दै आएकाले उसमार्फत सजिलो हुने देखियो’, उनले भने, ‘तर पनि त्यो काम गर्ने परराष्ट्र, अर्थ मन्त्रालयअन्तर्गतबाट नै हो। चीनसँग भएका कतिपय समझदारीका कारण सजिलो हुने भएकाले यसो गरिएको हो ।’ सेनामार्फत खरिद गर्दा पछि अख्तियारको छानबिनमा परिंदैन भनेर दिइएको त होइन ? भन्ने प्रश्नको जिज्ञासामा दाहालले भने, ‘मलाई यस्तो हो भन्ने लाग्दैन ।’ यो समाचार आजको रिपुब्लिकदैनिकबाट साभार गरेका हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *