सीपीएलमा सन्दीपको विकेट, १ ओभर बलिङ गर्न पाएनन्

1 min read

बार्बाडोज : क्याराबिन प्रिमियर लिग(सीपीएल) अन्तर्गत आइतबार राति(नेपाली समय सोमबार बिहान) भएको खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने एक विकेट लिन सफल भएका छन् । आइतबारको खेलमा सन्दीप आवद्ध टोली बार्बाडोज ट्रिडेन्सले गुएना बारियर्ससँग प्रतिस्पर्धा गरेको थियो । वर्षाले प्रभावित खेलमा गुएना वारियर्सले डीएल नियमका आधारमा १२ रनको जित निकाल्यो ।

३ ओभर बलिङ गर्न पाएका सन्दीपले २१ रन दिएर १ विकेट लिए । चौथो ओभरमा बलिङमा आएका सन्दीपले ८ रन दिए त्यसपछि ८औं ओभरमा उनले ४ रन दिएर १ विकेट लिए । १०औं ओभरमा ९ रन दिए । वर्षाले खेल रोकिएपछि उनले अर्काे ओभर बलिङ गर्न पाएनन्। ११औं नम्बरमा ब्याटिङमा आएका सन्दीप पहिलो बलमा नै क्याचआउट भए ।

गुएना वारियर्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बार्बाडोज ट्रिडेन्सले १९.२ ओभरमा सबै विकेट गुमाई १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य पछ्याएको गुएनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकियो । करिब एक घण्टा खेल रोकिएपछि १४ ओभरमा छोट्याएर ९७ रनको लक्ष्य दिए खेल सुरु गरियो । अर्काे १ ओभर खेल हुँदा गुएनाले थप ४ रन जोड्यो । फेरि वर्षा सुरु भएपछि डीएल नियममा गुएनाले १२ रनको जित निकाल्यो ।

सन्दीपले यस सिजनको सीपीएलमा ५ खेलमा बलिङको मौका पाउँदा ६ विकेट लिएका छन् । गुएना वारियर्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बार्बाडोज ट्रिडेन्सले १९.२ ओभरमा सबै विकेट गुमाई १३८ रन बनाएको थियो ।

१३९ रनको लक्ष्य पछ्याएको गुएनाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकियो । करिब एक घण्टा खेल रोकिएपछि १४ ओभरमा छोट्याएर ९७ रनको लक्ष्य दिए खेल सुरु गरियो ।

Facebook Comments
error: Content is protected !!