नियमित काँचो प्याज खानुका १० फाइदा

1 min read

काठमाडौं ७ असोज। प्रायजसो सबैको भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु प्याज हो । सामान्य तरकारी होस् या मासुका परिकारमा त प्याजको स्वाद बिना त भान्साका परिकार प्राय मिठो हुदैन् । त्यसैले हाम्रो भान्सामा प्याज कहिले छुट्दैन। हामीले चाहे भुटनका रुपमा होस् वा सदालका रुपमा प्राय प्रतेक दिन प्याज खाएकै हुन्छौं। प्याजले खानाका परिकारमा स्वाद मात्रै दिँदैन प्याजको सेवनले स्वास्थ्यलाई पनि निकै फाइदा गर्छ। त्यसो त हामी प्याजलाई तरकारीमा हालेर खान्छौँ जसले हाम्रो तरकारीको स्वाद मीठो बनाइदिन्छ । तर, मीठो बनाउने मात्र होइन, प्याज खानाले सानातिना धेरै रोगहरु ठिक हुन्छन् । आयुर्वेदिक दृष्टिकोणले कयौँ रोगहरु टाढा लैजानका लागि प्याज एकदमै फाइदाजनक हुन्छ ।

प्याजमा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिनहरु हुने भएकाले यसको प्रयोग शरीरको आन्तरिक तथा बाह्य रुपका लागि राम्रो हुन्छ । प्याजको प्रयोगले ज्वरोलाई ठिक गर्न पनि सकिन्छ । कोही पनि व्यक्तिलाई ज्वरो आएको छ भने व्यक्तिले प्याजको पत्तालाई एक गिलास पानीमा उमालेर र त्यसलाई सेलाएर खान सक्छ । यसले ज्वरोबाट तुरुन्त आराम मिल्छ । जसलाई मधुमेहको समस्या छ, उसलाई प्याजले निकै राम्रो गर्छ । यसले मधुमेहको समस्या सधैं बाहिर राख्न पनि सहयोग गर्छ । प्याजले कफलाई बाहिर निकाल्न पनि सहयोग गर्छ । यसका लागि प्याजलाई केही तताएर त्यसको जुस निकालेर चिनीसँग मिसाएर खान सकिन्छ । कफबाट ग्रसित बच्चालाई एक चम्चा र वयस्कले दुई चम्चा यो जुस खाँदा धेरै फाइदा पुग्छ ।

यतिमात्र होइन, गर्मीमा आफूलाई लूबाट बचाउन, गर्मीका कारण हुने उल्टीलगायतका समस्याबाट छुटकरा पाउन पनि प्याज खान सकिन्छ । अनि छालासँग सम्बन्धी जुनसुकै समस्यामा पनि प्याज प्रयोग गर्न सकिन्छ, जलेका कारण छालामा समस्या भएको रहेछ भने त्यसलाई पनि समाधान गर्न प्याजको लेप लगाउन सकिन्छ । त्यतिमात्र होइन, कुकुरले टोकेको छ भने पनि प्याजको जुस प्रयोग गर्ने हो भने कुकुरको विष बाहिर निस्कन्छ । अनि कपालका लागि पनि प्याज चमात्कारी सावित हुनसक्छ । कपालमा चायाँ हटाउन, कपाल झरिरहने समस्या छ भने प्याजको रसलाई टाउकोमा दल्दा धेरै फाइदा हुन्छ ।

काँचो प्याज खानुका १० फाइदा
१-नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ। २ – काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ। ३ – सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ। ४ – प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ। ५ – प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।
६ – खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ। ७ – नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ। ८ – यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ। ९ – रक्तसंचारको मात्रालाई नियन्त्रित गर्छ। १० – कोलेस्ट्रोललाई नियन्त्रित गर्छ।

Facebook Comments
error: Content is protected !!