पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथामका लागि २ करोड सहयोग गर्ने भएका छन्। उनले सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका हुन। पूर्वराजा शाहले एक सन्देश जारी गर्दै बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिने बताएका छन्। पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान र्पुयाउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।
Facebook Comments