विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरू, घर फर्कनका लागि नाराबाजी गर्नपर्ने ?’

1 min read

काठमाडौं, १८ चैत । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्दारमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ । सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले विदेशमा रगत–पसिना बेचेर देशको अर्थतन्त्र धान्नेहरु घर फर्कनका निम्ति नाराबाजी गर्नपर्नु लाजमर्दो कुरा भएको भन्दै त्यस्तर्फ सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्नुपर्ने वेला मुलुक प्रवेश गर्दा भिडभाड जोखिमपूर्ण हुने भन्दै सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यान दिनुपर्ने होइनर ? भन्दै प्रश्न गर्नुभएकाे छ । विभिन्न मुलुहरु र नाकाहरुमा कयौं नेपाली अलपत्र परिरहेकोले अब त कुम्भकर्णे निद्राबाट उठ सरकार भन्दै आक्रोस व्यक्त गरेका छन् ।

उहाँले ट्वीटरमा लेख्नुभएकाे छ- जसले विदेशमा रगतपसिना बेचेर देशको अर्थतन्त्र धानेका छन् तिनैले घर फर्कननिम्ति नाराबाजी गर्नपर्नु कति लाजमर्दो कुरा ? भौतिक दूरी कायम गर्नुपर्ने वेला यस्तो ठेलमठेल कति जोखिमपूर्ण ? सबै काम छोडेर पनि सरकारी संयन्त्रले यसमा तुरून्त ध्यानदिनुपर्ने हैन ? अब त कुम्भकर्णे निद्राबाट उठ सरकार ? भारतमा काम गर्न गएका नेपालीहरु सरकारले प्रवेश गरिसकेकाहरु क्‍वनरेन्टाइनमा बस्न नमानेका कारण थप आउन खोज्नेबाट कोरोनाको संक्रमण फैलनसक्ने भन्दै लकडाउनका साथै सिमा नाकाहरु समेत बन्द गरेको छ ।

छिमेकी मुलुक भारतमा पनि कोरोनाको कारणले २१ दिन लामो लकडाउन गरेको छ । लकडाउनपश्चात् कामको सिलसिलामा भारत पुगेका हजारौँ नेपालीहरुको बिजोग भइरहेको छ। काम गर्न गएको ठाउँमा पारिश्रमिक समेत नपाई नेपाली श्रमिक खेदिएका छन् । यता, सरकारले नाकाबाट आवतजावत बन्द गरेपछि उनीहरुले नेपाल फर्कन माग गर्दै आन्दोलन गरिरहेका हुन् ।

Facebook Comments
error: Content is protected !!