ज्याकमा र अलिबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामग्री नेपाल आइपुग्यो

1 min read

काठमाडौं, १८ चैत । ज्याकमा फाउण्डेशन र अलिबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक चिकित्सा सामग्री त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुगेको छ । नेपाल आइपुगेको उक्त सामग्री ज्याकमा र अलिबाबा फाउण्डेशनद्वारा दान गरिएको आवश्यक मेडिकल सामग्रीको एक हिस्सा हो । अनुदानमा २३ एसियाली देशहरुको लागि कुल ७४ लाख मास्क, १ लाख सुरक्षात्मक कपडाहरुका साथै अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामग्रीहरु छन् ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूको प्रतिनिधित्व गर्दै स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई उक्त अनुदान सामग्रीहरु प्रदान गरेका थिए । यस पहलको समर्थन गर्न चिनिया राजदूत हौ यान्की तथा स्वास्थ्य र जनसंख्या मन्त्री भानुभक्त ढकालको पनि उपस्थित थियो । ज्याकमा फाउन्डेसनले भनेको छ, “हामी आशा गर्दछौं कि यो अनुदानले नेपाललाई कोभिड १९ को फैलावट नियन्त्रण गर्न मद्दत पुर्याउँछ । हामी विश्व समुदायलाई सहयोग पुर्याउन सक्दो प्रयास गरिरहेका छौं ।

Facebook Comments
error: Content is protected !!