चिनियाँ नागरिक भन्छन् : सरकारले ढाँट्यो, कोरोनाबाट ४२ हजार बढी म’रेका हुन्’

1 min read

काठमाण्डौ । कोरोनाभाइरसको उद्गमथलो बुुहानका स्थानीय बासिन्दाले कोरोनाले गर्दा बुुहानमा मात्रै ४२ हजारको मृत्युु भएको बताएका छन् । यो संख्या चिनियाँ अधिकारीहरुले पूरै देशभर मरेका भनेर दाबी गरेको संख्याभन्दा दश गुुणा धेरै हो । सव्र्रपथम चीनको बुुहानमा देखिएको कोरोनाभाइरसले चीनमा ३ हजार ३ सय मानिस मरेका र ८१ हजार मानिस संक्रमित भएको चीन सरकारले जनाएको छ । जसमा हुुवेई प्रान्तमा मात्र ३१८२ जनाको मृत्युु भएको जनाइएको छ ।

तर वुुहान सहरका बासिन्दाले सातवटा अन्तेष्टि घरबाट प्रत्येक दिन मृतकका परिवारलाई जलाइएको लासको खरानी भएको ५०० वटा कलशहरु हस्तान्तरण गरिएको दाबी गरेका छन् । यसको अर्थ प्रत्येक २४ घण्टामा ३५०० लासको खरानी मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । वुुचहाङ, हान्याङमा घर भएका मृतकका आफन्तहरुलाई अप्रिल ५ भन्दा अगाडि नै अन्तेष्टि गरेको खरानी हस्तान्तरण गरिने त्यहाँका अधिकारीहरुले बताएका छन् ।

अप्रिल ५ मा चीनमा मृतक पूर्खाको सम्झनामा क्युुङ मिङ भन्ने चाँड मनाइन्छ । यसको मतलब अबको १२ दिनमा ४२ हजार खरानीयुुक्त कलश हस्तान्तरण गरिनेछ । स्थानीय मिडियाका अनुुसार यसभन्दा अघिको रिपोटमा हन्कौ परिसरमा केवल दुुई दिनमा ५ हजार खरानीयुुक्त कलश हस्तान्तरण गरिएको थियो । ५ करोड जनसंख्यालाई लकडाउनमा राखिएको हुुवेई प्रान्त अहिले खुुलेको छ ।

लकडाउन खुुलेपछि कोरोना टेस्टमा नेगेटीभ देखिएकालाई प्रदान गरिएको हरियो सर्टिफीकेट भएकाहरुलाई २५ मार्चको मध्यरातदेखि सहर बाहिर जान अनुुमति दिइएको थियो । जनवरी २३ देखि लकडाउन गरेपछि पहिलोपटक त्यहाँका मानिसहरुलाई सहर बाहिर जान अनुुमति दिइएको छ । वुुहानका एक वासिन्दाले आफ्नो थर ज्याङ मात्रै बताउँदै आरएफएलाई भने–‘सरकारले कोरोनाबाट मृत्युु भएको भनेर दिएको आकँडा ठिक छैन .

लाश जलाउने व्यक्तीहरु दिनरात सक्रिय भएको देख्दा यति थोरै मानिस मात्र कसरी मरेको भन्न मिल्छ ।’ वुहानका अर्का एक बासिन्दाले सरकारी अधिकारीहरुले मानिसहरुलाई वास्तविकता दिलाउन विस्तारै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असली आँकडा दिने बताए । हुवेई प्रान्तका अधिकारीको एक निकट स्रोतले आधिकारीक उपचारबिनै धेरै मानिस आफ्नै घरमा पनि मरेको बताए ।
(डेलीमेल र द सनको सहयोगमा)

Facebook Comments
error: Content is protected !!