दुखद खबर : सुडान मिसनमा रहेका नेपाली सेनाका प्रमुख सेनानी विष्टको नि’धन

1 min read

काठमाडौं। संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिरहेका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्छ कर्णेल) रिदेश विष्टको निधन भएको छ । ललितपुरको सानेपा घर भएका विष्टको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा हृदयाघातबाट निधन भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । विष्ट नौं महिनादेखि सुडान मिसन मुख्यालयमा ‘स्टाफ अफिसर’ का रूपमा खटिएका थिए ।

अहिले उनको शव सु’डानकै एक अस्पतालमा राखिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्न समय बताएका कारण शव नेपाल ल्याउन केहि समय प’र्खनु पर्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका छन् । मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिंदै वि’ष्टलाई अन्तिम श्रदाञ्जली अर्पण गरेको छ ।

Facebook Comments
error: Content is protected !!