कोरोना संक्रमित पहिलो व्यक्ति पेसेन्ट जिरोको नालिबेली

1 min read

वुहान, न्ययोर्क, लन्डन (एजेन्सी) । विश्वभरी कहर बनिरहेको कोरोनाभाइरसको पहिलो संक्रमित एक महिला हुन् । ५७ बर्षिय ती महिला चीनको वुहानमा झिंगेमाछा बेच्थिन् । वेइ गुसियान नामक ती विरामीलाई पेसेन्ट जिरो भन्ने गरिएको छ । पेसेन्ट जिरो त्यो विरामी हो जसमा सबैभन्दा पहिला कुनै नयाँ रोगको लक्षण देखिएको हुन्छ । करिब एक महिनाको उपचारपछि ती महिला पुर्ण स्वस्थ भइसकेकी छन् ।

द वाल स्ट्रिट जर्नलले ती महिला गत बर्ष डिसेम्बर १० मा वुहान स्थित हुआनैन सी फुड मार्कटमा झिँगेमाछा बेचिरहेको बेला संक्रमित भएको जनाएको छ । त्यतिबेला उनले एक सार्वजनिक शौचालयको पनि प्रयोग गरेको थियो । त्यसपछि उनलाई रुघाखोकीले समातेको थियो । डिसेम्बर ३१ मा वुहान म्युनिसिपल हेल्थ कमिसनले सबैभन्दा पहिला ती महिलाको नाम सार्वजनिक गरेको थियो । वेइ ती २७ जना विरामीमा पर्थे, जो सबैभन्दा पहिला कोरोनाभाइरस संक्रमित पाएका थिए ।

ती २७ विरामीमध्य २४ जना सिधै त्यही सीफुड मार्केटबाट संक्रमित भएका थिए, जहा ती महिला माछा बेच्थिन् । यद्यपी पछि यस विषयमा विरोधाषपुर्ण समाचारहरु पनि आए, जसमा चीन सरकारले पेसेन्ट जिरो फेला परिसकेको कुरालाई खारेज गरेका थिए ।
तर सबैभन्दा पहिलो रिपोर्ट भएको सन्दर्भमा वेइलाई नै पेसेन्ट जिरो मानिरहेको छ । तर चीन सरकारले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन ।

यसबीच चिनियाँ अखबार ग्लोबल मिडियाले यो भाइरस अमेरिकी सैन्य प्रयोगशालमा विकसित गरिहउको र गत बर्ष अक्टोबरमा वुहानमा भएको वल्र्ड मिल्ट्री गेम्सका क्रममा साइक्लिस्ट माजाट्जे बेनासी कोरोना भाइरसको श्रोत भएको दावी गरयो । त्यसपछि चीन र अमेरिकाबीच भाइसरको उदगमलाई लिएर वाकयुद्ध सुरुभयो । चीनको न्युज वेबसाइट द पेपरको समाचारका आधारमा यी महिला पेसेन्ट जिरो भएको समाचार विश्वभरीका सन्चारमाध्यममा चर्चा भइसकेको थियो ।

बेलायतको द मिरर, सिडनीको न्युज डट अष्टे्र्लिया लगायत अन्य प्रमुख सन्चार माध्यमहरुले पनि ती महिलालाई पेसेन्ट जिरो भएको समाचार दिएका थिए । सबैभन्दा पहिल मार्च ६ मा द वालस्ट्रिट जर्नलले आफनो खोज पत्रकारिताको समाचारमा वेइ गुसियानको नाम छापिएको थियो । द वाल स्ट्रिटका पत्रकार जेरमी पेज, वेझिंग फेन र नतासा खानको यो खोज सामाग्रीमा चीनको गल्तीहरुबाट पर्दा उठाइएको थियो ।

वुहानका संदिग्ध पेसेन्ट जिरोको खोज गर्दै यी तीनैजनाले यस मामिलामा चीनका नेताहरुको ब्यवहारमा पनि प्रश्नचिह्न उठाएका थिए । त्यसपछि कोरोनाभाइरस यति तिब्र गतिमा फैलियो, जसले पेसेन्ट जिरोको तर्फबाट मानिसहरुको ध्यान अन्यत्र भड्क्यो । मार्च २७ मा युरोपका कयौं न्युज वेबसाइटले चीनको सुत्रलाई उदृत गर्दै ती महिला नै पेसेन्ट जिरो भएको दावी गरे ।

Facebook Comments
error: Content is protected !!