ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको घ’टनाबारे छानबिन हुँदै

1 min read

काठमाडाैं। प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीरको सन्दर्भमा छानबिन सुरु गरेको छ । उक्त तस्वीरमा ग्यास सिलिण्डर बोकेका एक पुरुषलाई एकजना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ । तस्वीरमा देखिएका सटर, पसल पनि सारा बन्द छन् ।

उक्त तस्वीरको बारेमा सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार उक्त तस्वीर कहाँको हो र प्रहरीले किन गरेको हो भन्नेबारे खोजी सुरु भएको छ । यदि प्रहरी दाेषी देखिए कारबाही हुने उनकाे भनाइ छ ।

Facebook Comments
error: Content is protected !!