स्वास्थ्य उपकरण लिएर गएको स्काई ट्रक बीच बाटोबाटै फर्कियो

1 min read

काठमाडौं . कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ । मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाको उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।यस बारेमा थप विवरण आउन बाँकी छ ।

Facebook Comments
error: Content is protected !!