घरबाट मुसा भगाउने सजिलो उपाय

1 min read

काठमाडौँ – उडुस जस्ता विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्‍यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् ।

उडुस नियन्त्रणमा सघाउने केही घरेलु विधिहरु:
पुदिना स् उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाका पात राखिदिनुहोस् । सुत्ने बेला तपाईं पुदिनाका पात पिसेर आफ्नो शरीरमा दल्न पनि सक्नुहुन्छ । यसो गर्दा उडुसको टोकाइबाट बच्न सकिन्छ । कायेन पेपर रातो खुर्सानी:-  रातो खुसार्नीको गन्धले पनि उडुसहरू छिटो भाग्छन् । तपाईंले रातो खुर्सानीको धूलो बनाएर उडुस भएको ठाउँमा स्प्रे पनि गर्न सक्नुहुन्छ । यसो गर्नाले उडुस निष्क्रिय हुने गर्छन् ।

लेवेण्डर: उडुसले लेवेडरको गन्ध सहन गर्न सक्दैन । त्यसैले, तपाईं लेवेण्डरको पात उडुस भएको कपडामा दल्न सक्नुहुन्छ । लेवेडरको पफ्र्युम स्प्रे गर्नाले पनि तिनको प्रकोपबाट बच्न सकिन्छ ।
रोजमेरी : उडुस रोजमेरीको गन्धले पनि भाग्छ । तिनको नियन्त्रणका लागि तपाईं रोजमेरीको स्प्रे बनाएर पनि सम्भाव्य ठाउँहरूमा छर्कन सक्नुहुन्छ । राति यो विधिको प्रयोग गरी ढुक्कसँग निदाउनुहोस् ।

नीलगिरी : नीलगिरीमा औषधीय गुण हुनुका साथै उडुस मार्ने क्षमता पनि हुन्छ । तपाईं यसको केही थोपा उडुस भएको ठाउँमा छर्कन सक्नुहुन्छ । साथै, नीलगिरीको तेल, रोजमेरी तथा लेवेण्डरको स्प्रे बनाई छर्किएर पनि उडुसबाट छुटकारा पाउन सकिन्छ । बिनका पात : बिनका पात पहिलेदेखि नै उडुस मार्न प्रयोग हुँदै आएको पाइन्छ । तर, हामीलाई यसको चमत्कारी गुणहरूबारे भने कमै मात्र थाहा छ । हालै गरिएको एक अध्ययनले बिनका पातले उडुस मार्ने प्रमाणित गरेको छ । तपाईं पनि तिनका पात तथा रसको प्रयोग गरी उडुस निर्मूल पार्न सक्नुहुन्छ ।

टी ट्री स्प्रे : टी ट्रीको तेल एण्टी माइक्रोबियलको रूपमा परिचित छ । उडुसबाट छुटकारा पाउन पनि यो उत्तिकै उपयोगी छ । यसको प्रयोगका लागि टी ट्रीको तेलको एउटा ठूलो सिसी खरीद गर्नुहोस् । यसमा अलिकति पानी मिसाएर केही पातलो बनाउनुहोस् । अब यसलाई स्प्रे बोतलमा भरेर भित्ता, पलङ, दराज, फर्निचर, डसना, कपडालगायत सामग्रीमा छर्कनुहोस् । यसलाई एक हप्ता लगातार छर्कनाले तपाईं सधैंभरका लागि उडुसबाट छुटकारा पाउन सक्नुहुनेछ ।

नीमको तेल : नीमको तेल उत्तर भारतमा पाइने नीमबाट निकालिन्छ । यसमा धेरै एण्टी माइक्रोबियल गुण हुन्छन् । कीराहरू टाढा राख्न यसको प्रयोग गरिन्छ । नीमको तेल औषधि पसलमा पाइन्छ । यसको प्रयोग उडुस भएको ठाउँ तथा घरको सबै भागमा छर्केर गर्न सकिन्छ । साथै, साबुनमा यसलाई मिसाएर कपडा धुने गर्नाले यसको गन्धले उडुस टाढा भाग्छ ।

थाइम अजवाइनको फूल:- थाइम इटलीको एक लोकप्रिय बुटी हो, जसको प्रयोग खानामा स्वाद बढाउन गरिन्छ । थाइमले उडुसलाई सीधा असर त गर्दैन, तर यसको गन्ध उडुसले सहन गर्न सक्दैन । यसको गन्धले उडुसहरू लुकेको ठाउँबाट निस्कन्छन् । थाइमका पात जालीदार ब्यागमा राखेर उडुस भएको ठाउँमा राखिदिनुहोस् । हरेक ३ दिनमा ब्यागका पात निकालेर ताजा पात राख्नुहोस् । यसो गर्नाले तपाईं उडुसको तनावबाट मुक्त हुन सक्नुहुन्छ ।

स्वीट फ्लेग :- स्वीट फ्लेगलाई कलामस पनि भनिन्छ । यसको प्रयोग रसायनमा आधारित कीटनाशक बनाउन गरिन्छ । यसमा एण्टी माइक्रोबियल गुण हुन्छ, जसको कारणले उडुसजस्ता परजीवी भगाउँछ । यसबाट बनेको हर्बल कीटनाशक तपाईं किचेन गार्डेनसम्बन्धी पसलमा पाउन सक्नुहुन्छ । स्वीट फ्लेगको पाउडर ल्याएर त्यसको प्याकेटमा लेखिएको निर्देशनअनुसार त्यसको घोल बनाउनुहोस् । त्यस घोललाई आफ्नो घरको कुनाकुना उडुस भएको ठाउँमा छर्कनुहोस् । उडुस भगाउन यो विधि पनि निकै प्रभावकारी मानिएको छ ।

यो पनि पढ्नुहोस – यी हुन् ४ तरिका जसबाट हुन्छन् एकै दिनमा गायब मुसा, उडुस, झिंगा र माउसुली
मुसा, उडुस, झिंगा र माउसुली आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै नै सजिलो छ । मुसा:-  मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ ।

साङ्ला:-  मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकि साङ्ला भाग्छ । झिंगा:- झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् ।

उडुस:-  प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ । माउसुली:-  माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खान्छ । यसै कारणले गर्दा छेपारो मयुरको प्वाँख देख्ने बितिक्कै भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहन्न भने, अन्य चराको प्वाँखलाई पनि हाल्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *