कोरोनाको औषधि ,सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा चिप्लियो

1 min read

नेपालगञ्ज १५ चैत । कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।-फाइल तस्बिर

तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले न्यूज २४ लाई जानकारी दिएको छ । नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनाबारे थप जानकारी भने आउन बाँकी रहेको नेपालगञ्जस्थित टिभी जर्नलिष्ट कृष्ण खनालले जनाएका छन् ।

Facebook Comments Box
error: Content is protected !!