पक्राउ गर्न रेस्क्यु डिभाइस प्रयोग, बाहिर निस्के अब यसरी नियन्त्रणमा लिइन्छ

1 min read

काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्न ‘मल्टी फङ्स्नल एरेस्ट एन्ड रेस्क्यु डिभाइस’ प्रयोगमा ल्याएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्नेलाई प्रहरीले विशेष प्रकारको डिभाइस ‘मल्टी फङ्स्नल एरेस्ट एन्ड रेस्क्यु डिभाइस’बाट नियन्त्रणमा लिने जानकारी दिए ।

‘यो विशेष प्रकारको डिभाइस हो, यसमार्फत तीन मिटर परबाटै प्रहरीले व्यक्तिलाई नियन्त्रणमा लिन सक्छ,’ पोखरेलले भने, ‘ यसको प्रयोगबाट पक्राउ पर्ने व्यक्ति संक्रमित नै भए पनि पक्राउ गर्ने प्रहरीसमेत सुरक्षित रहन्छ ।’ उनका अनुसार सो डिभाइस शुक्रबारबाटै प्रयोगमा ल्याइएको हो । शुक्रबार बानेश्वरबाट सो डिभाइस प्रयोग गरिएको हो । उपत्यकाभित्र ६ वटा त्यस्ता डिभाइस प्रयोग गरिने उनले जानकारी दिए ।

Facebook Comments Box
error: Content is protected !!