नेपालमा लकडाउनको अवधि बढाउने सरकारको तयारी

1 min read

सरकारले एक साताका लागि लगाएको लकडाउनको अवधि बढाउने तयारी थालेको छ। हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो।

भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे सोच्न सकिने बताइएको छ। चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ।

Facebook Comments Box
error: Content is protected !!