धनगढीमा भेटिए कोरोना संक्रमित

1 min read

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन। उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्। प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। “उनी दुबईबाट आएका हुन्। उनको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उनी चैत ११ गते भर्ना भएका थिए। स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो।” यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

Facebook Comments
error: Content is protected !!