प्रधानमन्त्री ओली अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए । उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।

Facebook Comments Box
error: Content is protected !!