अमेरिकामा विश्वकै सबैभन्दा धेरै संक्रमित पुष्टि, पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ६६ जनाको मृ’त्यु

1 min read

अमेरिकामा विश्वकै सबैभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा संक्रिमितको संख्या ८५ हजार नाघेको छ । यो संक्रमण फैलिन शुरु भएको ठानिएको देश चिनको भन्दा झण्डै ५ हजार बढी हो । चिनमा कुल संक्रमितको संख्या ८१ हजार ७ सय ८२ छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ६६ जनाले ज्या’न गुमाएका छन् ।

यो संगै त्यहाँ कोरो’नाकै कारण ज्या’न गुमाउनेको संख्या १२ सय ९३ पुगेको छ । संक्रमितको संख्या इटलीमा यो संख्या ८० हजार नाघेको छ । पछिल्लो तत्थ्याङ्क अनुसार इटलीमा कुल ८० हजार ५ सय ८९ जना कोरोनाबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ज्या’न गुमाउनेको संख्या भने स्पेनमा बढी छ त्यहाँ ७ सय १८ जनाले ज्या’न गुमाएका छन् । उता इटलीमा ७ सय १२ फ्रान्समा ३ सय ६५ इरानमा १ सय ५७ जनाले पछिल्लो २४ घण्टामा ज्या’न गुमाएको कोरोनाको तत्थ्याङ्क संकलन गरिरहेका एजेन्सीहरुले उल्लेख गरेका छन् ।

विश्वभर ज्या’न गुमाउनेको संख्या २४ हजार नाघ्यो विश्वका १ सय ९९ मुलुकमा फैलिएको को’रोना भा’इरसको सं’क्रमणका का’रण ज्यान गुमाउनेको संख्या २४ हजार नाघेको छ । आज विहान ७ बजेसम्मको तत्थ्याङ्क अनुसार को’रोना संक्रमणका कारण विश्वभर २४ हजार ६५ जना भन्दा बढीले ज्या’न गुमाएका छन् भने संक्रमितको संख्या ५ लाख ३१ हजार ५ सय नाघेको छ । १ लाख २३ हजार भन्दाबढी उपचार पछि घर फर्किएका छन् ।

Facebook Comments
error: Content is protected !!