इन्डक्सन चुलाेमा खाना पकाउनेलाई बिधुत महसुल छुट गर्न निर्देशन

1 min read

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सन (विद्युतचुम्बकीय) चुलो प्रयोग ग्राहकलाई विद्युत महसुल छुट गर्न निर्देशन दिएको छ । मन्त्रालयले इन्डक्सनबाट, खाना पकाउनेहरुलाई १५० युनिटसम्म, विद्युत महसुलमा, छुट, दिने व्यवस्था मिलाउन नेपाल विद्युत, प्राधिकरणलाई, निर्देशन, दिएको हो । मुलुक लकडाउनमा, रहँदा र उत्तरी तथा दक्षिणी, सीमानाका, बन्द रहँदा खाना, पकाउने, एलपी ग्यासको, सम्भावित, अभावलाई, ध्यानमा राखी मन्त्रालयले सो निर्देशन दिएको जनाइएको छ ।

मन्त्रालय स्रोतका, अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोनमार्फत, सो निर्देशन दिनुभएको हो । निर्देशनमार्फत् १५० युनिटसम्मको, महशुलमा, २० प्रतिशत महसुल छुट दिने व्यवस्था गर्न भनिएको छ । इन्डक्सनमा, खाना, पकाउँदा, ग्यासभन्दा, सस्तो पर्ने, छिटो पाक्ने र ग्यास खपत, कम गरी अभाव न्यूनीकरण गर्न सहयोग गर्ने भएकाले, इन्डक्सनका उपभोक्तालाई, प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । उहाँले छुट व्यवस्था चाँडै कार्यान्वयनमा ल्याउने समेत बताउनुभयाे । सरकारले मुलुकमा कोरोना, भाइरसको, सम्भावित, जोखिमलाई, कम गर्न मुलुकभर, लकडाउन, गरेको छ ।

Facebook Comments Box
error: Content is protected !!