काठमाडौं,२०७६ १२ चैत । नेपालमा कोरोना (कोभिड–१९) भाइरसको नयाँ संक्रमित फेला परेका छन् । उनको सहिद शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । यसबारे थप जानकारी आउन बाँकी नै छ । टेकु अस्पतालले हालसम्म नेपालमा ६८६ जनाको कोरोनाको नमूना परीक्षण गरेको छ ।
जसमा ६८४ जनाको परीक्षण नतिजा नेगेटिभ (कोरोना संक्रमण नभएको) पाइएको छ । अहिलेसम्म कोरोना पुष्टि भइसकेकामध्ये एक जना यसअघि नै निको भएर घर फर्किसकेका छन् । यस्तै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अहिले टेकु अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
फ्रान्सबाट कोरोना संक्रमित युवतीसँग जहाजबाट नेपाल आउने अन्य १२५ जनाको पहिचान भइसकेको र उनीहरुलाई निगरानीमा राखिएको सरकारले बताइसकेको छ । एउटै त्यसपछि आज अर्को एक जनाका कोरोना भाइरस संक्रमण भेटिएको हो । पछिल्लो समय कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गराउने ह्वातै बढेका छन् ।