कोरोना त्रास : भारतमा आज मध्यरातदेखि २१ दिनसम्म पूर्ण ‘लक डाउन’

1 min read

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राति १२ बजेदेखि लागु हुनेगरी’ पूरै देशमा पूर्ण लकडाउन गरिनेछ । यो जनता कफ्र्यूभन्दा निकै कडा हुनेछ,’ ५ दिनमा दोस्रो पटक देशवासीका नाममा सम्बोधन’ गर्दै मोदीले भने, ‘बाहिर निस्कनु के’ हो यी २१ दिनका लागि भुलिदिनुस् । यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ । ’

कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको उनले बताए । ‘कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी छ । हामीले संक्रमणको चक्रलाई तोड्नुपर्छ । कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ,’ उनले भने । ‘यदी लापरवाही जारी रह्यो भने भारतले यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । त्यो मूल्य कति हुनेछ भन्ने कसैले अन्दाजा नै लगाउन सक्नेछैन,’ उनले भने ।

‘हामीले देखिरहेका’ छौँ कि विश्वका’ सामर्थवान देशहरु यो महामारीको अगाडि लाचार बनेका छन् । उनीहरुको प्रयास नगरेका पनि होइनन्, उनीहरुसँग संशाधनको कमी’ पनि छैन । तर कोरोनाभाइरस यति तेजीले फैलिरहेको छ कि सबै’ तयारी र प्रयासका बावजुद यो फैलिरहेको, छ । सबै देशले दुई महिनाको, अध्ययन पछि निष्कर्ष निकालेका छन्, कि को’रोनासँग, प्रभावकारी, रुपमा लड्न, एक मात्र विकल्प, भनेको सोशल डिस्टेन्सिङ नै हो,’ मोदीको भनाइ थियो ।

उनले कोरोनाको अर्थ भनेको को– कोही, रो–रोडमा, ना– न निक्लनु भन्ने रहेको पनि जिकिर गरे । उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । यसअघि गत आइतबार पनि भारतमा लकडाउन भएको थियो ।

Facebook Comments Box
error: Content is protected !!