नेपालमा कोरोना भाइरसको परीक्षण वि’श्वसनीय र चि’त्तबु’झ्दो – विश्व स्वास्थ्य संगठन

1 min read

काठमाडौं, ११ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको छ । डब्ल्यूएचओले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न पठाएको टोलीले परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको हो । स्वास्थ्य संगठनले प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।

आज डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ । प्रतिवेदनका अनुसार प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भएको उल्लेख गरेको छ ।
साथै ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको बताउँदै परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएको छ । परीक्षणका सबै प्रक्रिया गुणस्तरीय भएको उल्लेख गर्दै डब्लूएचओले जनस्वास्थ्य प्रयोगशालाले रिपोर्टहरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि डब्लूएचओले जनाएको छ ।

Facebook Comments Box
error: Content is protected !!