डलरको भाउ अहिलेसम्मकै उच्च, १२१ रुपैयाँ ७४ पैसा पुग्यो !

1 min read

काठमाडौँ। आज मंगलबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार खरिददर १२० रुपैयाँ बिक्रीदर १२० रुपैयाँ ६० पैसा रहेको डलर एकको भाउ मंगलबार बढेर खरिददर १२१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।

यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४० रुपैयाँ ११ पैसा र बिक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा र बिक्रीदर २७ रुपैयाँ ५२ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । तालिकामा विस्तृतमा हेर्नुहोस् –

Facebook Comments Box
error: Content is protected !!