नेपालमा लकडाउनको घोषणा भएपछी चीनले भन्यो – हामी नेपालको साथमा छौं,छिट्टै मेडिकल सामाग्रीहरु पठाउछौ !

1 min read

काठमाडौं । कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले कोरोना विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् । नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेलगत्तै राजदूत यान्छीले ट्वीट गर्दै ”

नेपाललाई सहयोग गर्न चीनले मेडिकल सामाग्रीहरु मिलाउँदै गरेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन् । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि चीनले आवश्यक सहयोगको सूचि नेपालसँग पनि मागेको थियो । चीनले सहयोगको सूची मागेलगत्तै नेपालले केही महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुको सूची उपलव्ध गराइसकेको छ । सोमबार नेपालमा सरकारले देशैभर लकडाउन घोषणा गरेको छ ।

Facebook Comments Box
error: Content is protected !!