कोरोनाको किटाणु लुकाएर राज्यले बहादुरी प्रकट गर्दैन भनेर सूचना बाहिर ल्यायौं- स्वास्थ्यमन्त्री ढकाल

1 min read

काठमाडौँ चैत ११ गते। सरकारले काठमाडौंमा कोरोना भइरस (कोभिड– १९) को नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलवार काठमाडौं आएकी १९ वर्षीया नेपाली किशोरीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि सरकारले गरेको हो । सोमवार मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विदेशबाट फर्केकी विद्यार्थीको जाँच गर्दा पोजेटिभ रिर्पोट आएकाले टेकुस्थित अस्पतालमा राखिएको जानकारी दिए ।

कोरोना संक्रमित बिरामीको नाम गोप्य, राखिएको छ, भने उनको स्वास्थ्य अवस्थाबारे पनि विस्तृत खुलाइएको छैन । उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिलाई समेत क्वारेन्टाइनमा राखिएको जानकारी सरकारले दिएको छ । मन्त्री ढकालले प्रेस विज्ञप्ति भन्दापनि, आफूले पत्रकार सम्मेलन गरेरै यो सूचना बाहिर ल्याउन चाहेको, बताए । ‘मन्त्रालयबाट के आश्वस्त हुन, आग्रह गर्दछु, भने, यो भा,इरसले आक्र,मण गर्‍यो, कुनै बिरामी प्र,कट भए अथवा पोजेटिभ देखिए भने उपचार लगायतका कुरा बहुत पारदर्शी ढंगले तपाईंको बीचमा, आउने छ,’ उनले भने, ‘यो रोगको टि,काणुलाई लुकाएर राज्यले कुनै बहादुरी प्रकट, गर्दैन, न त त्यसबाट राज्यको हित हुन्छ, भनेर बहुतै सहजताका साथ सूचना बाहिर ल्याएका छौं ।’ सरकारले अहिलेसम्म व्यवस्थित नभएको सूचना प्रणालीलाई थप व्यवस्थित बनाएर बाहिर, ल्याउने, प्रतिबद्धता जनाएको, छ ।

Facebook Comments Box
error: Content is protected !!